Rule 14
विद्युतीय माध्यमबाट विवरण पेश गर्ने
(१) सूचक संस्थाले ऐन तथा नियमावली बमोजिम वित्तीय जानकारी इकाईलाई दिनु पर्ने सूचना वा विवरण वित्तीय जानकारी इकाईले तोकेको मितिदेखि नियमित रुपमा विद्युतीय माध्यमबाट दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना वा विवरण वित्तीय जानकारी इकाईले निर्धारण गरेको ढाँचामा दिनु पर्नेछ ।